Media Partner

You Are Here: Home» » ७६ वर्षका पूर्व प्रधानमन्त्रीले २७ वर्षकी गर्लफ्रेन्डसित बिहे गर्ने


काठमाडौं, पुस २- उच्चमाध्यमिक शिक्षा परिषदले हालै प्रकाशन गरेको कक्षा ११ को नतिजाअनुसार ६० प्रतिशत फेल भएका छन्। परीक्षामा आधाभन्दा बढी विद्यार्थी असफल हुनुलाई शिक्षाविद्हरूले शिक्षामा सरकारी लगानी 'बालुवामा पानी' भएको टिप्पणी गरेका छन्। 'कक्षा ११ मा पढ्ने विद्यार्थीको मनोभावना बुझेर शिक्षकले पढाउने शैली परिवर्तन गर्नुपर्छ,' शिक्षाविद्हरूको भनाइ छ, 'सरकारले पनि शैक्षिक, भौतिक संरचना विकासका लागि सहयोग गर्नुपर्छ।' यस वर्ष कक्षा ११ को परीक्षामा मानविकी, शिक्षा, विज्ञान र व्यवस्थापनमा गरी कूल २ लाख ८२ हजार ३ सय ५९ परीक्षार्थी सम्मिलित थिए, जसमध्ये १ लाख १४ हजार १९ अर्थात् ४०.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परिषद्का अधिकृत कृष्ण खनालले विगत तीन वर्षमा कक्षा ११ मा ४० प्रतिशत हाराहारीमा विद्यार्थी पास भएका जानकारी दिए। कक्षा ११ मा २०६६ सालमा ४१ प्रतिशत, २०६७ सालमा ३९ प्रतिशत र २०६८ सालमा ३९ प्रतिशत विद्यार्थी पास भएका थिए। सबैभन्दा बढी सरकारी उच्चमाविका फेल भएका छन्। सरकारी उच्चमाविबाट १ लाख ६४ हजार ३ सय ७८ परीक्षार्थी सहभागी रहेकामा ४९ हजार ८९ अर्थात् ३० प्रतिशत मात्र पास भएका छन्। तीन वर्षको सरकारी उच्चमाविको पास प्रतिशत ३०-३२ प्रतिशत हाराहारी छ। चार वर्षयता सरकारी उच्चमाविबाट ७० प्रतिशत विद्यार्थी फेल हुनु शिक्षा प्रणाली असफल भएको शिक्षाविद् विद्यानाथ कोइरालाको तर्क छ। शिक्षा विभागका शाखा अधिकृत चिरञ्जीवी पौडेलका अनुसार सरकारले शिक्षक, छात्रवृत्ति, पाठ्यपुस्तक, भौतिक पूर्वाधार लगायत शीर्षकमा प्रति विद्यार्थी वार्षिक ५ हजार अनुदान दिँदै आएको छ। यस वर्ष कक्षा ११ मा सरकारीतर्फ ७० प्रतिशत विद्यार्थी फेल हँुदा राज्यको ५७ करोड ६४ लाख ४५ हजार लगानी निरर्थक भएको छ। शिक्षाविद् कोइरालाले कक्षा ११ र १२ मा सरकारी उदासीनताले गुणस्तर खस्कँदै गएको प्रतिक्रिया दिए। उच्चमाविमा सरकारी लगानी अपर्याप्त भएकाले गुणस्तर खस्किएको उनको भनाइ छ। उच्चमाविका दुईजना शिक्षकलाई मात्र अनुदान दिने सरकारी नीति अपर्याप्त रहेको उनको तर्क छ। 'एकातिर उच्चमाविमा सरकारी लगानी थोरै छ, अर्कातिर गरेको लगानीलाई व्यवस्थापन र अनुगमन गर्न नसक्दा प्रतिफल प्राप्त हुन छैन,' कोइरालाले भने, 'ग्रामीण भेगमा शिक्षा संकाय मात्र छ। त्यहाँ विषयगत शिक्षकबिनै विद्यार्थीले पढाइ पूरा गर्नुपर्छ।' उच्चमाविमा शिक्षकले पुरानै तरिकाबाट पढाउने प्रवृत्ति यथावत रहेकाले पनि पढाइ प्रभावकारी हुन नसकेको विज्ञहरूको भनाइ छ। शिक्षाविद् कोइरालाले भने, 'विद्यार्थीको जीवनसँग जोडिएको शिक्षापद्धति अपनाइ उनीहरूलाई अभिमुखीकरण गर्नुपर्छ।'
Tags:

0 comments

Leave a Reply

Special Video