यौन धन्दा हुने होटेल रेष्टुरेन्टमा खाना
खाने बहानामा छिरेर कामवासना शान्त पार्ने प्रचलन हामीले देखेभोगेकाले सायद
यो शीर्षक उतिसारो रोचक नबन्ला । तर यदि तपाइँले यो समाचार पूरै पढ्नुभयो
भने पक्कै अनौठो मान्नुहुनेछ की दुनियामा यस्ता होटेल पनि हुँदा रहेछन्
भनेर ।
हो, अर्जेन्टिनामा एउटा यस्तो रेष्टुरेन्ट
छ, जसमा कुनै यौन धन्दा हुँदैन तर त्यहाँ छिर्ने बित्तिकै मानिसलाई
कामवासनाले कुत्कुत्याउँछ वा सेक्सको सनक चढ्छ ।
टेमटार रमीर नामको उक्त रेष्टुरेन्टमा भोजन जति मीठो छ त्यसको मादकता उत्तिकै रमाइलो छ ।
रेष्टुरेन्ट छिर्ने बित्तिकै ग्राहक जुन
सोफामा बस्छन् त्यसको ठीक अगाडि भित्तामा कामसूत्रका विभिन्न चित्र बनाइएको
छ । त्यसमा विभिन्न यौनक्रियालाई सचित्र रुपमा देखाइएको छ । हरेक पेंटिङमा
तपाइँ विभिन्न अलग अलग यौन क्रिडा तथा आसन देख्न सक्नुहुन्छ ।
रेष्टुरेन्टको टेबल तथा कुर्सीको बनावट पनि यौन अंगको जस्तो छ ।
रेष्टुरेन्टको भित्री वातावरण कामूक बनाउनका लागि रातो रंगको प्रकाशको
व्यवस्था गरिएको छ ।
रेष्टुरेन्ट छिर्ने बित्तिकै ग्राहकको
हातमा एक मेनु पर्छ । रातो रंगको उक्त मेनुमा समेत एक से एक कामुक चित्र
छन् । केवल चित्र मात्र कामुक छैनन् खानाका परिकारको नाम पनि उस्तै सेक्सी छ
। जस्तै ‘टेस्ट जसले तपाइँलाई सम्भोगका लागि प्रेरित गर्छ’, ‘रातमा कुनै
केटीको बासनाले पनि मलाई उत्तेजित गर्छ’, आदि आदि ।
खानाका सबै परिकारको व्याख्या गर्नका लागि
कामुक वाक्यहरुको प्रयोग गरिएको छ । यो रेष्टुरेन्टमा धेरै खाना शाकाहारी
छन् भने माछा, प्रउन, चिकन तथा मटनका १०० भन्दा बढि परिकार समेत उपलब्ध छन्
। यस्तो विचित्रको रेष्टुरेन्ट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा
अवस्थित छ ।














0 comments