अदालतका शाखा अधिकृत फणिन्द्र भट्टराईले जवेगू र शंकर दुबैले सफाई पाउने फैसला भएकाले अन्य मुद्धामा थुनामा राख्न नपरे आजैका दिनदेखि थुनामुक्त गर्न आदेश भएको जानकारी दिए। प्रहरीले जवेगूको नेतृत्वमा गएको छ-सात जनाको टोलीले कर्मचारीहरुलाई नियन्त्रणमा लिएर आगजनी गरेको भन्दै लुटपाट र आगजनीअन्तर्गत मुद्धा चलाएको थियो।
You Are Here: Home» समाचार » नेकपा-माओवादी सह-सेक्रेटरीलाई रिहा गर्न आदेश
भीम चापागाईं, इलाम, पुस २६ (नागरिक)- जिल्ला अदालतले आगजनी र लुटपाटको आरोपमा पक्राउ परेका नेकपा-माओवादीका जिल्ला सह-सेक्रेटरीसहित दुइ जनालाई रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश शेखरचन्द्र अर्यालको इजलासले आज यस्तो आदेश दिएको हो। श्री अन्तुस्थित गणेश हिमाल चिया कारखानामा आगजनी गरेको आरोपमा प्रहरीले गत असोज ३० गते नेकपा-माओवादीका जिल्ला सह-सेक्रेटरी नरेन्द्र जवेगूलाई र भोलिपल्ट जिल्ला सदस्य पवन शंकर (निशान) लाई पक्राउ गरेको थियो।

0 comments