उनका अन्य सम्पत्तिमा किताब र घरायसी सामान रहेका छन्, जसको मूल्य हिसाब गरिएको छैन। प्रधानमन्त्रीले सम्पत्ति विवरणमा ‘पत्नी हिसिला यमि र छोरी मानुषी यमि भट्टराईको छुट्टाछुट्टै नाउँमा करिब मेरै बराबरको सम्पत्ति रहेको’ भनेर पनि उल्लेख गरेका छन् । रासस
You Are Here: Home» समाचार » प्रधानमन्त्रीको सम्पत्ति- वाणिज्य बैंकमा ११ लाख !
काठमाडौं पुस २६ – प्रधानमन्त्री डा बाबुराम भट्टराईको खोप्लाङ गाविस-४ गोरखामा करिब दुई रोपनीको पैतृक सम्पत्ति छ। प्रधानमन्त्री डा भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यही पुस ४ गते पेस गरेका र सूचना तथा सञ्चारमार्फत आज राससलाई प्राप्त सम्पत्ति विवरणमा सो कुरा उल्लेख छ। उनको राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाका दुई खातामा पारिश्रमिक र भत्ताबापत प्राप्त करिब रु ११ लाख मौज्दात रहेको जनाइएको छ।

0 comments