आफ्ना गृह देवी देवतालाई सलामी (सुपारी राखेर निम्तो) दिई पूजा गरेर रेल चढ्न जनकपुर आएका महोत्तरी सोनामाईका आफूलाई धामी भन्ने रामसेवक साहले भने, ‘कार्तिक पूणिर्माको दिन पवित्र स्नान गर्दा सिकेको गुण (जादु) स्थायी हुन्छ ।’ साहका अनुसार सिकारुहरु दशैंमा जादु टुना सिक्न सुरु गर्छन् । काली पूजा (दीपावली) ंको राती सिद्ध गर्छन र कार्तिक पूणिर्माको विहान स्नान गरेर सिकेको गुणलाई स्थायी बनाउँछन् ।
पहेलो साडी, ब्लाउजमा सजिएकी महिला तथा रातो पहेलो धोती कुर्तामा सजिएका पुरुषको टोली हाथमा बेंत नचाउँदै, मधुर महराई गाउँदै विभिन्न देवी देवताका स्वागत गर्दै यहाँबाट प्रस्थान गरेका थिए ।
कमला नदीको किनारमा रहेको जयनगरमा बर्षेनी भूत मेला लाग्ने गरेको छ । जहाँ धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा तथा सप्तरीका हजारौं सिकारु धामी सहभागी हुन्छन् । यसैगरी उनीहरुबाट अपेक्षित फल प्राप्त गर्न हजारौं पीडितहरु पनि मेलामा सहभागी हँुदै आएका छन् । सन्तान प्राप्ती र रोगमुक्तिको कामना लिएर कमला जानेहरुको संख्या अत्यधिक हुन्छ ।














0 comments