इज़रायल मङ्सिर ५,
गोर्खा समाज इजरायलले शुभ दिपावलीको अबसर पारेर आयोजना गरेको 'तिबेरिया भ्रमण' कार्यक्रम सम्पन्न भएको छ । तिबेरिया ईजरायलको पर्यटकिय क्षेत्रहरु मध्ये अतिनै रमणिय क्षेत्रको रुपमा परिचित छ ।
उक्त भ्रमण कार्यक्रममा विश्व साहित्य समाज ईजरायलकी अध्यक्ष कबिता शर्मा, अनेसास ईजरायलका सदस्य श्रीराम अधिकारी, टेन्सन टेलिसिरियलका कलाकार निरज प्याकुरेल तथा गायक ओम प्रशाद प्रसाइ लगायतकाहरुको उपस्थिती रहेको थियो । त्यसै गरी छोटो समयमानै आफ्ना दर्शक श्रोता तथा पाठकहरुको मन जित्न सफल वेब साईटhttp://www.newsinnepali.com/मिडिया पार्ट्नरका प्रतिनिधि जमुना घिमिरेको पनि उपस्थिती रहेको थियो ।
आयोजक सस्था गोर्खा समाज इजरायलका सस्थापक अध्यक्ष श्री रामशरण बानियाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सस्थाकी उपाध्यक्ष सुनिता पन्तले स्वागत मन्तब्य दिनुभएको थियो । यसैगरी आफ्नो मन्तब्य दिनुहुँदै सस्थाकी सदस्य कबिता कोइरालाले सस्थाको बारेमा जानकारी गराउदै यस्ता भ्रमण कार्यक्रम आयोजनाबाट सङ्कलित रकमहरु दिन दुखीहरुको सेवाको लागि खर्चिने प्रतिबद्दता ब्यक्त गर्नु भयो । यसैगरी उपस्थित अन्य संघ सस्थाका प्रतिनिधिहरुले पनि आ आफ्नो मन्तब्य दिनुभएको थियो ।
सस्थाकी कोषाध्यक्ष राजकुमारी श्रेष्ठको साथमा सस्थाकी सदस्य अनु अर्याल र रचना ढकालको संयुक्त प्रस्तुतीको रुपमा देउसीभैलो ले उक्त कार्यक्रममा छुट्टै रौनकता थपेको थियो । गायक ओम प्रसाइको सुमधुर स्वरले उक्त साँझमा चार चाँद थपेको थियो । त्यसै गरी गायक निरज प्याकुरेलले पनि सुमधुर गीत गाउँनु भएको थियो । त्यसैगरी नेपाल ११ रेडियो ईजरायलका प्रतिनिधि राजकुमारी श्रेष्ठ लगायतका साथीहरु र तिबेरियामा कार्यरत संगीता तिमल्सिना लगायतका साथीहरु बिच सम्पन्न लोक दोहोरीले उक्त साँझलाई अझै रोमान्चित बनाएको थियो ।
सस्थाका अध्यक्ष रामशरण बानियाले तिबेरियामा कार्यरत रुपमा रहनुभएका नेपाली चेलीहरु संगीता तिमल्सिना, नानु गुरुङ लगायत अन्य धेरै दिदिबहिनीहरुको सहयोगले भ्रमण ब्यबस्थित र सफल भएको भनी मुक्त कन्ठले प्रशम्सा गर्नु भयो साथै उहाहरुलाई धन्यवाद पनि दिनुभयो । उक्त कार्यक्रम आयोजक सस्थाकी सचिब सुनिता भट्टले सन्चालन गर्नु भएको थियो ।

0 comments