Media Partner

You Are Here: Home» feature , मनोरञ्जन » प्रियंकासंग अरु हिरोईनले सिक्नु पर्छ : रेनाशा राईकी दाबी

काठमाण्डौ, २०६९ कार्त्तिक २६ । कोरियोग्राफर रेनाशा राईले प्रियंका कार्कीको काम गराईबाट आफू एक सय प्रतिशत मात्र नभई १ हजार १ प्रतिशत सन्तुष्ट र प्रभावित भएको दाबी गरेकी छिन् । हाल कलिउड फिल्ममा प्रियंकासंगै काम गरेपछि रेनाशाले खुला रुपले उनी फिल्म उद्योगका लागि सर्वाधक क्षमता बोकेकी हिरोईन भनेकी छिन् । 

'सुटिङ सेटमा उसलाई न त जाडो हुन्छ न गर्मी अनि न त उसलाई भोक लाग्छ न थकाई त्यसैले उनको मिहिनेत देख्दा म पनि लोभिएँ', कलिउड फिल्मको एक आईटम गीतमा संगै काम गरेपछि रेनशाले फिल्मीखबरसंगको कुराकानीमा भनिन् । रेनाशाले प्रियंकाको यिनै गुणबाट अन्य हिरोईनहरुले केहि पाठ सिक्नु पर्ने पनि बताएकी छिन् । 'उनी एक टेकमै ओके हुन्थिन् र भन्नासाथ सबै कुरा टिप्थिन्', रेनाशाले बताईन् । 

यस्तै रेनाशाले आजको दिन सम्म आईपुग्दा आफ्नो फिल्मी करिअरको सर्वाधिक सफल गीत प्रियंकाको आईटम गीत हिट हुने दावी पनि गरिन् । चितवनको गाँउमा करिब २ सय क्राउडको उपस्थितीमा प्रियंकाको आईटम गीत खिच्दाको अनुभव कहिलै नविर्सने पनि बताईन् । रेनाशाले हलिउड, बलिउड र हिपहपका स्टेपहरुलाई नयाँ प्रयोगका साथ यो फिल्ममा प्रयोग गरेको बताएकी छिन् । 'मेरो नाम काली काली...' बोलको र्आइटम गीतबाट प्रियंकाको नयाँ अवतार हुने रेनशाको दाबी छ । 

नयाँ हिरोईनहरुको लिष्टमा सर्वाधिक रुचाईन थालेकी प्रियंकाको ब्यस्तताले फुर्सद लिएको पनि छैन । जसकारण उनको हातमा एक पछि अर्को मेघा बजेटका प्रोजेक्टहरु हातमा आईरहेका छन् । त्यसैले रेनाशा मात्र हैन प्रियंकासंग काम गरेका जति पनि फिल्म मेकर र म्यूजिक भिडियो मेकर छन् उनीहरुले अबको दशकको नम्बर वान हिरोईन हुने संकेत प्रियंकामा रहेको बताउन थालेका छन् । 

आईटम गीत संगै एक लभ सङको केही सिन चितवनमा सुट गर्दे औपचारिक रुपमा कलिउडको ईन्डक्लाप गरिएको छ । लभ सङका लागि आर्यन सिग्देल पनि चितवन पुगेका थिए । टंक कार्कीको निर्माण तथा नवराज आचार्यको निर्देशनमा बनेको यो फिल्म नेपाली फिल्मको कथा उद्योगसंग जोडिएको छ ।-फिल्मीखबर

0 comments

Leave a Reply

Special Video