You Are Here:
Home»
समाचार भिडियो
»
थानकोटदेखि चन्द्रागिरिमा केबलकार सञ्चालनमा आउने
थानकोटदेखि चन्द्रागिरिमा केबलकार सञ्चालनमा आउने
Posted by Unknown on 4:46 AM |
0
comments
१६ मंसिर, काठमाडौं । अबको दुई वर्षमा काठमाडौँको थानकोटदेखि चन्द्रागिरिसम्म केबलकार सञ्चालनमा ल्याइने भएको छ ।
केबलकार सञ्चालनका लागि काठमाडौँ फन पार्कले आवश्यक प्रक्रिया सुरु गरिसकेको छ । काठमाडौँ उपत्यकाको परिचयका रुपमा रहेको पर्यटकीय महत्वलाई प्रविधिसँग जोड्दै अगाडि बढाउने उद्देश्यका साथ केबलकार निर्माण गर्न लागिएको फन पार्कका संस्थापक अम्बिकाप्रसाद पौडेलले जानकारी दिनुभयो । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गराइस्ाकेको र केबलकार उपलब्ध गराउने कम्पनीको खोजीमा रहेको भन्दै पौडेलले जर्मनी, फ्रान्स र स्विजरल्यान्डको कुन कम्पनी उपयुक्त हुन्छ भन्ने बारेमा कुराकानी भइरहेको जानकारी दिनुभयो ।
थानकोट त्रिभुवन पार्कदेखि चन्द्रागिरिसम्म २ दशमलब ४ किलोमिटर लम्बाइ रहेको आयोजनाका लागि करिब दुई अर्ब लागत लाग्ने बताइएको छ । लागतका लागि सरकारी तथा निजी क्षेत्रका बैंकहरुसँग पनि कुराकानी अगाडि बढेको र केबलकारको स्टेसनका लागि आवश्यक पर्ने ८० रोपनी जग्ग्ाासमेत ४० करोडमा खरिद गरिसकेको छ ।
कतिवटा केबलकार सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको र प्रविधि कुन उपयुक्त हुन्छ त्यसका आधारमा ३२ वटा कि २६ वटा बक्स टुङ्गो लाग्ने बताइएको छ । आठ सिट क्षमताको केबलकार भएमा २६ वटासम्म र ६ सिट क्षमताका भए ३२ वटासम्म सञ्चालनमा ल्याउन सकिने पौडेलले बताउनुभयो ।
थानकोटस्थित त्रिभुवनपार्क नजिकैबाट चन्द्रागिरिमा रहेको इच्छापुरेश्वर महादेव मन्दिरसम्म केबलकार निर्माण गरी सञ्चालन गर्न लागेको छ । योजनाअनुसार केबलकारको तल्लो स्टेसनमा मनोरञ्जन पार्क, चन्द्रागिरिमा अत्याधुनिक प्रविधिको रिसोर्टका साथ एक भ्यूटावर पनि निर्माण गरिने बताइएको । केबलकारको तल्लो स्टेसनमा मनोरञ्जन पार्कमा चिल्डे्रन र वयस्क दुवैका लागि उपयुक्त हुने मनोरञ्जनात्मक गतिविधि समावेश गर्न लागिएको छ । बालरेल, पानीको फोहरासँगको मनोरञ्जन गतिविधि पार्कमा राखिनेछ । रासस
0 comments