Media Partner

You Are Here: Home» » डाक्टरी पढ्न गएका ७९ नेपाली चीनमा अलपत्र


२३ मंसिर, काठमाडौं । चीनका विभिन्न विश्वविद्यालयमा एमबिबिएस तथा एमडी पढ्न गएका ७९ नेपाली विद्यार्थी अलपत्र परेका छन् । चीनको साउदर्न विश्वविद्यालयमा एमबिबिएस गर्न गएका ८, लाउनिङ विश्वविद्यालयमा एमडी गर्न गएका १७, चाउचाङ विश्वविद्यालयमा एमबिबिएस गर्न गएका ६ र एमडी गर्न गएका ८, जिङ्दाओ विश्वविद्यालयमा एमबिबिएस गर्न गएका ११, र तेनजिन विश्वविद्यालयमा एमबिबिएस गर्न गएका २ र एमडी गर्न गएका २७ जना विद्यार्थी अलपत्र परेका हुन् । मदरल्याण्ड च्यारिटेबल फाउण्डेसनका सञ्चालकहरूले विश्वविद्यालयहरूमा विद्यार्थीका तर्फबाट बुझाउनुपर्ने शुल्क नबुझाएका कारण उनीहरु अलपत्र परेको तिनका अभिभावकहरूले बताएका छन् । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमान पीडित विद्यार्थीका अभिभावक पुरुषोत्तम ढुङ्गेलले मदरल्याण्ड च्यारिटेवल फाउन्डेसनका सञ्चालकहरू क्रमशः डा मुकेश झा, इन्जिनियर डा राधा झा तथा प्रविण पहरीले अध्ययन शुल्क समयमा नै भुक्तान नगरेका कारण विद्यार्थीलाई विश्वविद्यालयहरूले फिर्ता पठाउन लागेको बताउनुभयो । पीडित अभिभावकहरूले फाउन्डेसनमार्फत् एमबिबिएस अध्ययन गर्न जनही १२ लाख र एमडीका लागि जनही सात लाख ५० हजार भुक्तान गरेका थिए । करिब चार करोड ५० लाख असुल गरेका सञ्चालकत्रयले पहिलो चरणको रकम विश्वविद्यालयलाई बुझाए पनि दोस्रो र तेस्रो चरणको किस्ता नबुझाइदिएकै कारण आˆनो छोरा अलपत्र अवस्थामा परेको अभिभावक अर्जुनकुमार थापाले बताउनु भयो । सञ्चालक त्रयलाई पक्राउ गरी कानुनी कारबाही गर्न पीडित अभिभावकले महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएको लामो समय भइसक्दा पनि प्रहरीले चासो नदेखाएको पीडित अभिभावक ताराकुमारी राईले बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं २१ घर भएका अनिता शाक्य र प्रविना खोखालीले विसं २०६७ साल भदौ २ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा मदरल्याण्ड च्यारिटेबल फाउन्डेसन दर्ता गरेका थिए । रासस
Tags:

0 comments

Leave a Reply

Special Video