Media Partner

You Are Here: Home» राजनीति » सहमति नभए राष्ट्रपतिले कडा कदम चाल्नुपर्छ : पौडेल


२९ मंसिर, चितवन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादी र मधेसवादी दलहरुले अड्को मात्रै थापिरहेकोले सहमति हुन नसकेको वताउनु भएको छ । उहाँले थपिएको पाँच दिनभित्रमा पनि दलहरुवीच सहमति नभए राष्ट्रपतिले कडा कदम चाल्नु पर्ने वताउनु भयो । नेपाल प्रेस युनियन चितवनले शुक्रवार विहान नारायणगढमा गरेको पत्रकार सम्मेलनमा पौडेलले भन्नुभयो,’ दलहरुवीच सहमति नजुटे राष्ट्रपतिले विश्वव्यापी मान्यता र संसदीय अनुभवका आधारमा कदम चाल्नु पर्छ । त्यसको जिम्मेवारी काँग्रेस लिन्छ ।’ राष्ट्रपतिले दलहरुलाई दवाव दिएपनि कडारुपमा प्रस्तुत हुन नसकेको भन्दै पौडेलले अव के गर्ने भन्ने विषयमा परामर्श गर्न सुझाव दिनुभयो । पौडेलले काँग्रेस नेतृत्वमा सरकार बन्ने राष्ट्रिय सहमतिको सरकारले मात्रै स्वच्छ , निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने सक्ने दाबी गर्नु भयो ।उहाँले सत्तारुढ दल एमाओवादी र मधेसी मोर्चाले संविधानसभाको निर्वाचन नै नचाहेकाले संविधानका अन्तवस्तुको विवाद निकालेको आरोप लगाउनुभयो ।

0 comments

Leave a Reply

Special Video