Media Partner

You Are Here: Home» समाचार » रेखा थापाले सुटुक्क प्रधानमन्त्री भेटिन

स्मृति ढुंगाना, काठमाडौं, पुस २६ - फिल्मकर्मीहरुले चलचित्र विकास बोर्डमा ताला लगाएर र आन्दोलन शुरु गरेकै दिन अभिनेत्री रेखा थापाले सुटुक्क प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेकी छिन्।
बोर्डमा महिला अध्यक्ष हुनुपर्ने माग राखी प्रधानमन्त्रीलाई भेटेको रेखाको भनाई छ। सुचना तथा संचारमन्त्री राजकिशोर यादवले गैर फिल्मकर्मीलाई अध्यक्ष बनाउन लागेको थाहा पाएकाले प्रधानमन्त्रीका ध्यानाकर्षण गराएको रेखाले बताइन्। 'प्रधानमन्त्रीले फिल्मकर्मीलाई नै नियुक्त गर्ने वचन दिनुभएको छ,' उनले भनिन्।
...
फिल्मकर्मीको आन्दोलन ऐक्यवद्धता नजनाई प्रधानमन्त्रीलाई भेट्न पुगेकोमा आलोचना भएपछि रेखाले भेटलाई नै एउटा आन्दोलनको रुपमा व्याख्या गरिन्। महिला हिंसा, बोर्डको अध्यक्षमा फिल्मसम्बन्धी महिलाको प्रतिनिधित्व र फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापना गर्न माग गरेको उनले सुनाइन्।

विकास बोर्डमा महिलालाई अध्यक्ष नबनाउनु पनि महिला हिंसा भएको उनको दाबी छ। 'किन महिलाचाँहि विकास बोर्डको अध्यक्ष हुनसक्दैनन्? योग्यता र क्षमता भएका फिल्म क्षेत्रमै काम गर्ने महिलालाई नियुक्ति गरियोस् भन्ने कुरालाई प्राथमिकताका साथ अनुरोध गरेको हुँ। म अर्को वर्ष हुनसक्छु,'उनले भनिन्।

आफूहरु आन्दोलनमा उत्रिएको थापाले सुटुक्क प्रधानमन्त्रीलाई भेटेकोमा नेपाल चलचित्र कलाकार संघका नबल खड्काले आक्रोस व्यक्त गरे। 'हाम्रो माग फिल्म क्षेत्रका विज्ञ विकास बोर्डमा पुग्नुपर्‍यो भन्ने हो। रेखा फिल्मको विज्ञ होइनन्', नवलले भने।
खड्काले बिहीबारसम्म सरकारले प्रतिक्रिया नजनाए आन्दोलनको थप कार्यक्रम ल्याउने बताए।

आन्दोलनका अगुवा नीर शाहले फिल्मकर्मीको मागप्रति सरकारले ध्यान नदिएकोमा आपत्ति जनाए। 'फिल्म क्षेत्रलाई सरकारले ध्यान किन दिन चाहेको छैन? यति सरकारले राजनैतिक दलका कार्यकर्तालाई ल्याएको खण्डमा हामीलाई त्यो मान्य हुन्न्,' उनले भने।
केहीबेर नाराबाजीमा उत्रिएका फिल्मकर्मीहरुले बोर्डका कर्मचारीलाई बाहिर निकालेर ताला लगाएका थिए। 'सरकार आफैं कलाकार राष्ट्रका गहना हुन् भन्छ। यता हामीलाई स्वीकार्य नहुने नीति ल्याएर विस्थापित गराउने षड्यन्त्र गरिरहेको छ,' अभिनेत्री मौसमी मल्ल भन्छिन्।

फिल्मक्षेत्रकै अध्यक्ष चाहिने आन्दोलनमा उत्रिएकाले नीति नियम राम्ररी बुझेर आए रेखा पनि स्वीकार्य हुने अभिनेत्री बसुन्धरा भुसालले बताइन्। 'अध्यक्षमा फिल्मकर्मी, त्यसमा पनि महिला आउनु त अझै राम्रो कुरा हो,' भुसालले भनिन्।

निर्माता माधव वाग्लेले पनि भुसालको कुरामा सही थापे।

निर्देशक विमल पौडेले सरकारले आफूहरुको मागप्रति ध्यान दिनुपर्ने बताए।
See More

रेखा थापाले सुटुक्क प्रधानमन्त्री भेटिन्
====================

0 comments

Leave a Reply

Special Video