Media Partner

You Are Here: Home» समाचार » पार्टी फुट्ने असर नपारेको पेरिसडाँडाको निष्कर्ष

२६ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीले मोह वैद्यपक्ष पार्टीबाट बाहिरिँदा पार्टीलाई ठूलो असर नपरेको दाबी गर्दै सन्तोष प्रकट गरेको छ ।
...
बिहीबारबाट राजधानीको पेरिसडाँडामा सुरु भएको महाधिवेशन आयोजक समितिको बैठकमा ब्रिफिङ गर्दै ब्यूरो तथा राज्य समिति इन्चार्जहरुले तल्लो तहमा पार्टी विभाजनले खासै असर नगरेको बताएका हुन् । महाधिवेशनको प्रक्रिया सुरु भएसँगै गति र उर्जा पैदा भएको भन्दै नेताहरुले महाधिवेशनबाट एकताको आधार तयार पार्न सुझावसमेत दिएका छन् । ’किरण पक्षमा गएका साथीहरु पनि फर्कने प्रक्रिया चलिरहेको छ, विभाजनको प्रभाव न्यून देखियो भन्ने ब्रिफिङ छ’ सदस्य महेश्वर गहतराजले अनलाइनखबरसँग भन्नुभयो-’तल्लो तहमा उर्जा र गति पैदा भएको छ ।’

बिहीबारको बैठकमा लिम्बुवानका तर्फबाट हेमन्तप्रकाश वली, कोचिलाबाट गोपाल किराती, भोजपुराबाट प्रभु साह, ताम्सालिङबाट आहुती, नेवाबाट देवेन्द्र पौडेल, तमुवानबाट डिलाराम आचार्य, थरुवानबाट नवराज सुवेदी, भेरी कर्णालीबाट लेखराज भट्ट र सेती महाकाली राज्यसमितिका तर्फबाट गिरिधारीलाल न्यौपानेले बि्रफिङ गर्नुभएको थियो । त्यस्तै प्रवास, भारतबाट विष्णुहरी र अन्तरराष्ट्रियबाट युवराजले रिपोर्टिङ गर्नुभएको थियो ।

ब्यूरो इञ्चार्जका तर्फबाट अन्तराष्ट्रिय ब्यूरोका राम कार्कीसहित लीलामणि पोखरेल, कृष्णबहादुर महरा, शक्ति बस्नेत, जनार्दन शर्मा र अग्नि सापकोटालगायतले बोल्नुभएको थियो । बैठकमा मधेस पूर्वाञ्चल ब्युरोको मात्र बि्रफिङ बाँकी छ । किरात र मिथिला राज्यसमितिका इञ्चार्जले पनि बिहीबारै ब्रिफिङ गर्ने बताइएको छ ।

सरकारको आलोचना

बैठकमा पार्टी नेतृत्वको सरकारको काम कारबाही सन्तोषजनक नभएको भन्दै आलोचना भएको छ । ‘सरकारको कामकारबाहीले अधिकांशको असन्तुष्टी रहृयो’ एक नेताले अनलाइनखबरसँग भने-’जनता र पार्टी कार्यकर्तालाई विश्वासमा लिनु पर्ने थियो, त्यो हुन सकेन ।’ सरकारले केही काम गरेपनि जनताका धेरै आकांक्षाहरु पूरा गर्न नसकेको उनीहरुको भनाइ थियो ।

प्रचण्डले दस्तावेज पेश गर्ने

बैठकमा व्यूरो तथा राज्य समिति इन्चार्जहरुको वि्रफिङ सकिएपछि शुक्रबार अध्यक्ष प्रचण्डले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पेश गर्नु हुनेछ । प्रचण्डले दस्तावेज लेखिसक्नु भएको छ ।

बैठकले महाधिवेशन प्रतिनिधि छनोटको कार्यविधि तय गर्नुका साथै महाधिवेशनको तयारीबारे पनि छलफल गर्नेछ । साथै द्वन्द्वकालमा भएका घटनालाई लिएर फेरि मुद्दा चलाउन सुरु गरिएको घटनालाई गम्भीरतापूर्वक लिँदै बैठक समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल गर्ने कार्यसूचि छ ।

0 comments

Leave a Reply

Special Video