Media Partner

You Are Here: Home» समाचार » एक घण्टा पत्रकारहरु बोलेनन्

सइन्द्र राई, खोटाङ, पुस २७ - दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तलाई बचाउने अभिव्यक्ति दिएका प्रधानमन्त्रीको बिरुद्धमा खोटाङका पत्रकारहरुले एक घण्टा मुखमा कालोपट्टी बाधेर बोलनन्। स्थानीय त्रिवेणीचोकबाट मुखमा कालो पट्टी बाधेर निस्किएको पत्रकारहरुको टोलीले बजार परिक्रमा गरी जिल्ला प्रशासन परिसरमा कार्यक्रम अन्त्य गरेका थिए। बिरोध कार्यक्रम समापन गर्दै नेपाल पत्रकार महासँघका अध्यक्ष दमन राईले पत्रकार हत्याका अभियुक्तलाई कानुनको दायरामा नल्याएसम्म आन्दोलन नरोक्ने बताए। पत्रकारहरुले मुखमा बाधिएको कालो पट्टी हातमा बाधेका छन्। पट्टी दोषीलाई कारबाही नभएसम्म नखोलिने महासंघका अध्यक्ष राईले बताए।

0 comments

Leave a Reply

Special Video