Media Partner

You Are Here: Home» समाचार » वार्ता र आन्दोलन सँगसँगै गरिने

काठमाडौं, पुस २७ - नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक निकासका लागि दलहरुबीच भइरहेको छलफल सहमतिमा पुग्न नसकेकाले अब वार्ता र आन्दोलन सँगसँगै लैजानुपर्ने बताएका छन् ।
नेपाल यातायात मजदुर सङ्घ अन्तर्गतको पर्यटन एकाइ, एयरपोर्टको पाँचौं अधिवेशनको आज उद्घाटन गर्दै महामन्त्री सिंहले राजनीतिक दलहरुबीच सहमति नहुनुमा विघठित संविधानसभाको ठूलो दलको हैसियतले एमाओवादी जिम्मेवार रहेको भन्दै सहमति नभए आफूहरु आन्दोलनमा जाने बताए ।

आन्दोलनमा जाँदा पनि आफूहरु वार्ता प्रक्रियाबाट अलग नहुने स्पष्ट पार्दै महामन्त्री सिंहले आफ्नो पार्टीले श्रमिकको अधिकारका पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष लक्ष्मणबहादुर बस्नेत, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, सङ्घका केन्द्रीय अध्यक्ष अजयकुमार राईलगायतले सम्मेलन सफलताको शुभकामना दिए । रासस

0 comments

Leave a Reply

Special Video