Media Partner

You Are Here: Home» समाचार » अब चेपांग बस्तीमा स्याउ फल्ने भो


 चितवन ७ माघ स्याउ हिमाली क्षेत्रमा फल्ने फल हो तर भित्री मधेसको जिल्ला चितवनको उच्च पहाडी गाउँमा यसका ५ सय विरुवा रोपिदैछन् । जंगली च्याउ खाँदा एकै घरका आठ जनाले ज्यान गुमाएको गाउँ भनेर चिनिएको आदिवासी चेपाङ बाहुल्यको लोथर गाविसअन्तर्गत कान्दा गाउँमा स्याउ खेती गर्न लागिएको हो ।
भरतपुरबाट ३० किमी पूर्व लोथरबजारसम्म बसमा गएर त्यहाँबाट १२ घन्टा पैदल कान्दा पुग्न सकिने खबरनागरिक दैनिकले छापेको छ । स्याउका विरुवाको भारी बोकेर प्राविधिकहरु शुक्रबार नै कान्दातर्फ लागेका छन् । पाँच दिनको तालिमपछि कान्दाका ४० किसानलाई स्याउनका बेर्ना बाँडिनेछ ।

0 comments

Leave a Reply

Special Video