Media Partner

You Are Here: Home» समाचार » 'दामिनी' प्रदर्शनीमा

ललितपुर, पुस २८-समाजमा महिलामाथि बलात्कार तथा हिंसा बढ्दै गइरहेको बेला २० वर्षीया एक युवतीले त्यसै अवधारणामा केन्द्रित रहेर खिचिएका आफ्ना तस्वीरहरू प्रदर्शनमा राखेकी छिन्। 'दामिनी' नाम दिइएको यो प्रदर्र्शनीमा पुष्पा पलान्चोकीले समाजमा बढ्दै गइरहेको महिलामाथिको हिंसालाई तस्वीरमार्फत उजागर गर्न आफैं मोडल बनेर खिचाएका तस्वीरहरु राखिएका छन्।
'म पहिलेदेखि नै महिलाका मुद्दालाई संवेदनशील भएर सोच्ने गर्दथेँ', उनले भनिन्, 'भारतको दिल्लीमा भएको बलात्कार र नेपालका विभिन्न स्थानमा भएका महिला हिंसाका घटनाहरुले मलाई यो प्रदर्शनी गर्न प्रेरित गर्‍यो।'
झम्सिखेलस्थित आर्टिस्ट ग्रुफ ग्यालरीमा शुक्रबारदेखि सुरु भएको यो प्रदर्शनी आगामी माघ ४ गतेसम्म चल्नेछ। त्यसपछि पाटन या भक्तपुरको दरबार क्षेत्रमा प्रदर्शन गर्ने उनको योजना छ।
बलात्कारअघिको महिलाको अवस्था, बलात्कारपछिको सामाजिक विभेद तथा पीडालाई तस्वीरमार्फत देखाउन खोजिएको छ।
फोटोग्राफर अभिषेक मास्के र सिलु जैनले ती तस्वीर खिचेका हुन्। प्रदर्शनीमा ४० वटा तस्वीर राखिएका छन्। रासस

0 comments

Leave a Reply

Special Video