Media Partner

You Are Here: Home» समाचार » न्यानो खोज्दा पोलिने बढे

काठमाडौँमा हिजोभन्दा कम चिसो, तर तापक्रम माइनसमै-काठमाडौँ, पुस २७ (नागरिक) - लगातार पाँच दिनदेखि माइनसमा पुगेको काठमाडौँको तापक्रममा कारण चिसोबाट बच्न आगो ताप्दा जलेर उपचार गराउन आउनेको संख्या ठूला अस्पतालहरूमा बढेको छ। सोमबारदेखि सून्यबाट झरेर माइनसमा पुगेको तापक्रम सून्यमाथि पुग्न सकेको छैन।
सोमबारदेखि लगातार ओरालो लागेको काठमाडौँको तापक्रम हिजोबाट बिस्तारै उकालो लाग्न थालेको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि तापक्रम माइनसमा रहे पनि हिजो बिहानको तुलनामा आजको तापक्रम केही बढेको छ।
महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको तापक्रम माइनस ०.४ छ। हिजो यही समयमा वायुको तापक्रम माइनस ०.९ थियो।
सोमबार यो याममा पहिलो पटक बिहान साढे ६ बजेको तापक्रम माइनसमा पुगेको थियो। सोमबारको माइनस ०.२ तापक्रम मंगलबार बिहान बढेर ०.८ मा पुगेको थियो। बुधबार अझै बढेर माइनस १.५ मा पुगेर यो यामकै सबैभन्दा कम बिन्दूमा पुग्यो।
तराईमा पनि माइनस
गत जेठमा ४४.७ डिग्रीमा तातिएको नेपालगन्जमा बिहीबार पहिलो पटक माइनस ०.३ डिग्री न्यूनतम तापक्रम रेकर्ड गरियो। गर्मीमा ४० डिग्री तापक्रम पुग्ने ठाउँहरु धनगढी र वीरेन्द्रनगरमा बिहीबारको तापक्रम क्रमशः ०.५ र ०.३ थियो।

न्यानो खोज्दा पोलिने बढे
चिसोबाट बच्न आगो ताप्दा जलेर उपचार गराउन आउनेको संख्या ठूला अस्पतालहरूमा बढेको छ। आगो ताप्दा र आगो बाल्न प्रज्ज्वलनशील पदार्थ हाल्ने क्रममा घाइतेहरू बढी छन्।
वीर अस्पतालमा केही दिनदेखि दैनिकजसो आगोले पोलेका बिरामी आइरहेको आकस्मिक कक्ष प्रमुख डा. डिपी सिंहले बताए। ‘आज पनि आकस्मिक कक्षमा एक विरामी छन्, हिजो पनि थिए,' डा. सिंहले बिहीबार नागरिकसँग भने, ‘दुई दिनअघि सप्तरीबाट ल्याइएकी एक महिलाको मृत्यु नै भयो महिलाको मृत्यु नै भयो।'
१० शैय्याको बर्न वार्डका सबै शैय्या भरिएको डा. सिंहले जनाए। उनका अनुसार पालेका अधिकांश बिरामीलाई ‘रिकभर' हुन धेरै समय लाग्ने भएकाले शैय्या थोरै भएर उपचार मै समस्या आउने गरेको छ।
मोडल अस्पतालमा पनि जलेका दुई जना बिरामी भर्ना भएरै बसेका छन्। अस्पतालका प्लास्टिक सर्जन डा. शंकरमान राईले चिसोसँगै जलेर आउने बिरामीको संख्या ओपिडीमा समेत बढेको बताए। ‘जलेर आउने बिरामीको संख्या धेरै देखिन थालेको छ,' उनले भने, ‘सावधानी नअपनाए बिरामी निको भए पनि पुरानै अवस्थामा फर्काउन सकिन्नँ।'
डा. राईका अनुसार अधिकांश दुर्घटनामा परेकाहरू आगो बाल्न पेट्रोल, मट्टीतेल, घिउ थप्दा, आगो ताप्ने क्रममा सल्किएपछि हलचल गर्न नसक्ने भएका अशक्त एवं बालबालिका छन्। थोरै पोलेकाहरू पनि पछाडिबाट आगो ताप्दा, खुट्टा एवं हाततिर सल्किएका घटना बढी रहेको डा. सिंह बताउँछन्।
चिकित्सकहरू पोल्न नदिनेतर्फ सचेत हुनुपर्ने भन्दै पोलिसकेको अवस्था घाउलाई सही तरिकाले ‘ह्यान्डेलिङ' गर्दा बचाउन सकिने बताउँछन्। ‘घाउमा पानी मात्रै खन्याइरहने र घिउवmुमारी लगाउन सकेमा पनि ड्यामेज हुनबाट जोगाउन सकिन्छ,' प्लास्टिक सर्जन डा. राईले भने, ‘घाउ चिसो बनाउने भनेर आइस वा पुरै चिसो पानी नै चाहिन्छ भन्ने छैन्, सफा पानी खन्याइरह्यो भने, आगोले भित्रभित्रै क्षति बढाउँदैन।' धेरैजसोले टुथपेस्टहरू पाइएको जनाउँदै त्यसले फाइदा नगर्ने उनले जनाए।
डा. राईका अनुसार नेपालमा ५० प्रतिशतभन्दा बढी जलेका बिरामीलाई बचाउन सकिने सम्भावना निकै न्यून छ। योभन्दा बढी जलेकालाई बचाउन सकिने भए पनि पुरानै अवस्थामा फर्काउन सकिन्न। आगोले छालाको बाहिरी भागदेखि भित्री अंगसम्ममा असर गरेको हुनसक्छ। त्यो हेरेर सोही अनुसार सावधानीपूर्वक अस्पतालसम्म पु¥याउनुपर्छ। पोलेको घाउमा सकेसम्म खस्रो कपडा नपार्न समेत चिकित्सकले सुझाएका छन्।
पोलेमा के गर्ने ?
  • लगातार सफा चिसो पानी हाल्ने
  • घिउकुमारी लगाउने र फोका नफोर्ने
  • सकेसम्म पटक-पटक पानी पिउने
  • श्वास-प्रश्वास प्रक्रिया नरोक्ने
  • रक्त सञ्चारलाई अवरोध नपुर्‍याउने
  • सक्दो चाँडै स्वास्थ्य संस्था पुग्ने

0 comments

Leave a Reply

Special Video