Media Partner

You Are Here: Home» समाचार » पाँच दिनपछि काठमाडौँको तापक्रम माइनसबाट माथि

काठमाडौँ, पुस २८ (नागरिक) - सोमबारदेखि लगातार माइनसमय भएको काठमाडौँको बिहानको तापक्रमले आज बल्ल राहत पाएको छ। बिहीबारदेखि उकालो लाग्न थालेको तापक्रम पाँच दिनपछि बल्ल आज बिहान सून्य डिग्री सेल्सियस माथि पुगेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको वायुको तापक्रम ०.४ डिग्री सेल्सियस छ।
हिजो यही समयको तापक्रम माइनस ०.४ थियो।
सोमबार यो याममा पहिलो पटक बिहान साढे ६ बजेको तापक्रम माइनसमा पुगेको थियो। सोमबारको माइनस ०.२ तापक्रम मंगलबार बिहान घटेर माइनस ०.८ मा पुगेको थियो। बुधबार अझै घटेर माइनस १.५ मा पुगेर यो यामकै सबैभन्दा कम बिन्दूमा पुग्यो। बिहीबार तापक्रम माइनस ०.९ थियो।

0 comments

Leave a Reply

Special Video